Tuesday, August 11, 2026
Home अर्थ खबर तारागाउँ रिजेन्सी होटलले तोक्यो साधारण सभाको मिति, बुक क्लोज समय पनि तोकियो

तारागाउँ रिजेन्सी होटलले तोक्यो साधारण सभाको मिति, बुक क्लोज समय पनि तोकियो

काठमाडौं । १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको तारागाउँ रिजेन्सी होटलले पुस २९ गते २३ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । होटलले नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा प्रेक्षालय, कमलादीमा साधारण सभा बोलाएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७५र७६ मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत (५ प्रतिशत कर कट्टि पश्चात) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस ८ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। जसअनुसार, पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सो सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।