काठमाडौं । नेपाली बजारमा सुन एक दिन तोलामा ५ सय रुपैयाँले घटेको छ। आज ७४ हजार ८ सयमा रुपैयाँमा किनबेच भइरहेको छ। हिजो प्रतितोला ७५ हजार ३ सयमा कारोबार भएको थियो ।
निरन्तर उकालो लाग्दै गएको सुनको भाउ फेरी ओरालो लाग्न सुरु गरेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आइपुगेको छ।
अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।