काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ७५ हजार रुपैयामा कारोबार भएको सुनको मूल्य शुक्रबार फेरि तोलामा २ सय रुपैयाले बढेकोछ । आज प्रतितोला ७५ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ७४ हजार ९ सय रुपैयाँ पुगेको छ । तर आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदी प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भएकोमा बिहिबार तोलामा ५ रुपैयाले बढेर प्रति तोला ८सय ८५ रुपैयामा कारोबार भएको थियो, आज शुक्रबार पनि चांदी सोहि मुल्यमा कारोबार भइरहेको छ ।
Comments