काठमाडौं । कतारमा काम गरेर तलब नपाई फर्किएका ३४ नेपाली कामदारले ५ वर्षपछि पारिश्रमिक पाउने भएका छन् ।
वैदेशिक विभागका महानिर्देशक भिष्म कुमार भुसालले कतारको मर्करी मिना कम्पनीमा काम गरी बिना तलब फर्किएका नेपालीले तलब पाउन लागेको जानकारी गराएका छन् ।
महानिर्देशक भुसालका अनुसार सन् २०१५ मा फर्कन बाध्य भएका ३४ नेपाली कामदारलाई करिब ९० लाख रुपैयाँ नेपालस्थित कतारी राजदूतावासमार्फत दिलाउन लागिएको हो ।