सांसद चौधरीले ८ लाख ठगी गरेको भन्दै संसद सचिवालयमा पर्यो उजुरी

काठमाडौं । कांग्रेस सांसद पार्वता डिसी चौधरीविरुद्ध ८ लाख ठगि गरेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ ।
दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति समेत रहेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले सांसद चौधरीमाथि ८ लाख ठगी गरेको भन्दै उजुरी दिएका हुन् ।
२०७४ सालमा शुरुमा तीन लाख र पछि ५ लाख समेत गरी आठ लाख रुपैयाँ लिएकोमा पटक(पटक आग्रह गर्दा पनि फिर्ता नदिएपछि उजुरी गर्नु परेको उनीहरुले बताएका छन् ।