काठमाडौं । कृषि विकास बैंकको नाफा आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५८ करोड १७ लाख पुगेको छ । बैंकको यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २२.८०५ ले धरै हो । अघिल्लो आर्थिक वर्षको यही बेला बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य नाफा एक अर्ब १४ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्म खुद ब्याज आम्दानी ९.२५५ ले घट्दा सञ्चालन नाफा भने १६.०७५ ले बढेको छ । बैंकमा ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार साधारण र ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ बराबरको सरकारको अग्राधिकार सेयर रहेको छ ।
Comments







