काठमाडौं । दुइ दिन स्थिर रहेको सुन साताको तेस्रो दिन मंगलबार भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रति तोलमा ५ सय रुपैयाँले घटेर प्रति तोला ७६ हजार रुपैयामा कारोबार भैरहेको छ । सोमबार सुन प्रति तोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ पुगेको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । सोमबार चाँदीको भाउ प्रति तोला ८ सय ९० रुपैयाँ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोलामा १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Comments







