काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २ प्रतिशत बोनस र कर प्रयोजन समेत गरी ४.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले यस्तो घोषणा गरेको हो । बैंकले १६ करोड ८३ लाख ९ हजार ४२३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने ३९ करोड ९७ लाख ३४ हजार ८९९ रुपैयाँ नगद बाँड्नेछ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।