काठमाडौं । गत वर्षहरुमा निक्कै राम्रो मुनाफा कमाउँदै आएको नेपाल इन्भेष्टमेन्ट बैंकको यस पटक १५.६६ प्रतिशतले नाफा घटेको छ । गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ९७ करोड ५५ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष १ अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँमा सिमित भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ५६ पैसाले घटेर २३ रुपैयाँ ४३ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ०३ पैसा छ ।

बै.कको खुद ब्याज आम्दानी ७.५४५ ले घटेर ३ अर्ब ६ करोड ३३ लाख ५५ हजार रुपैयाँमा आएको छ । त्यस्तै, सञ्चालन नाफा १६.२७५ ले घटेर २ अर्ब ३८ करोड ८ लाख ८० हजार रुपैयाँमा आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।