काठमाडौँ । केही समयदेखि उताबचढाब हुँदै आएको सुन चाँदीको भाउ नेपाली बजारमा शुक्रबार बढेको छ ।

बिहीबार छापावाल सुनको मूल्य ७५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार सुन प्रति तोलमा ३ सय रुपैयाँले बढेर प्रति तोल ७५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर ८८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार चाँदी प्रति तोलामा ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।