काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि कायमै रहेको छ । आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । सुनको भूल्य बुधबार हालसम्मकै ऐतिहासिक उचाइ ७७ हजार १ रुपैयाँ पुगेको छ । मंगलबार सुन ७६ हजार ७०० रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ४ सय रुपैयाले बढेको हो ।
यता बुधबार चाँदीको भाउ पनि बढेको छ । आज (बुधबार) चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रति तोला ९०५ रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर मंगलबार चाँदी प्रति तोला ८९० रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।