सरकारले पेट्रोलमा ८६ प्रतिशत कर उठाइरहेको छ । गत फागुन १२ मा बसेको मन्त्री परिषद्को बैठकले पेट्रोल , डिजेल र हवाई इन्धन बिक्रीमा लिँदै आएको पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ पुर्याएपछि पेट्रोलमा सरकारले लिने कर मात्रै प्रतिलिटर ४४ रुपैयाँ ४८ पैसा पुगेको छ । यो पेट्रोलको पछिल्लो खरिद मूल्य ५१ रुपैयाँ ८४ पैसाको ८६ प्रतिशत हो ।
अर्थ मन्त्रालयका प्रवत्ता उत्तरकुमार खत्रीले भने उपभोत्ता मूल्यमा असर नपर्ने गरी पेट्रोल, डिजेल र हवाई इन्धनमा पूर्वाधार विकास कर लगाएको बताए । तर उपभोग्य वस्तुमा सरकारले उठाउने अप्रत्यक्ष कर उपभोक्ताले नै तिर्ने हो । नयाँपत्रिका दैनिकमा प्रकाशित समाचारमा उल्लेख भएअनुसार पूर्वाधार कर पाँचबाट १० रुपैयाँ बनाउने मन्त्रिपरिषद्को निर्णय छ ।
Comments






