Tuesday, August 11, 2026
Home मुख्य समाचार कोरोनाका कारण नेपालमा पहिलो पटक महोत्सव स्थगित

कोरोनाका कारण नेपालमा पहिलो पटक महोत्सव स्थगित

काठमाडौं । कोरोना भाइरसको प्रकोप तिब्र रुपमा फैलिए पछि सतर्कता स्वरुप नेपालमा सम्भवतः पहिलो पटक यसैको कारण महोत्सव स्थगित भएको छ ।
टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित गरेको हो ।
नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचारप्रसारलाई तीव्र बनाएको थियो । महोत्सव सम्पन्न गर्नका लागि चालू आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको थियो ।कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको नगरपालिकाले जनाएको छ । हालै ‘विश्व स्वास्थ्य संठनले नेपाल पनि उच्च जोखिममा रहेको जनाएको थियो । सरकारले कोरोना रोकथाम सम्बन्धी अध्ययनका लागि एक उच्चस्तरीय समिति गठन गरेको छ ।
विभिन्न देशहरुले कोरोनाको संक्रमण नफैलियोस् भनेर विद्यालय तथा शैक्षिक संस्था नै बन्द गर्ने घोषणा गरिसकेका छन् । साउदीले मक्का मदिना नै स्थगित गरेको छ । चीनले यातायात सेवा समेत बन्द गरेर रोकथामको प्रयास गरिरहेको छ । विश्वका ५० बढी देशमा कोरोनाको संक्रमण फेला परिसकेको छ । नेपालमा एक जनामा यसको संक्रमण देखिए पनि उपचारपछि फिर्ता भएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।