काठमाडौं । अमेरिकामा पहिलो पटक कोरोना भाइरसका कारण एकको ज्यान गएको छ । यस्तै, धेरै नेपाली विद्यार्थी रहेको अष्ट्रेलियामा पनि एक जनाको कोरोनाबाट ज्यान गएको छ । अमेरिकामा उत्तर पश्चिमी वाशिङटन राज्यमा कोरोनाभाइरसका कारण अमेरिकामै पहिलो मृत्यु भएको हो । कोरोनाबाट एकको निधन भएलगत्तै वाशिङटन गभर्नर जे इन्सलीले राज्यमा सङ्कटकाल घोषणा गरेका छ्न् ।
राष्ट्रपति ट्रम्प डोनाल्डले नयाँ सङ्क्रमित हुने सङख्या बढ्न सक्ने जनाएका छन् । यद्यपी उनले विदेशमा सङक्रमण सुरु हुने वित्तिकै मेरो प्रशासनले सङ्क्रमणसँग जुझ्न आधुनिक इतिहासकै सबभन्दा आक्रामक तयारी गरेको भन्दै नअत्तालिन आग्रह गरेका छन् ।
यता, कोरानाभाइरसको संक्रमणबाट अष्ट्रेलियामा एक ७८ वर्षिय वृद्धको उपचारका क्रममा निधन भएको त्यहाँका संचारमाध्यमले जनाएका छन् । कोरोनाभाइरसको संक्रमणबाट अस्ट्रेलियामा ज्यान गएको यो पहिलो घटना हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।