काठमाडौं । गत हप्ता कारोबार र अंक दुवै बढेको सेयर बजार नेप्से आज भने खुलेदेखि नै अपत्यारिलो पाराले घट्ने बढ्ने भएको छ । १६३८ मा खुलेको नेप्से केही सयममा नै १६६७ मा पुगेको थियो । त्यसपछि पुनः ओरालो लागेर १६२४ सम्म झरेर रातो देखियो । फेरि नेप्से बढेर १६५६ सम्म पुग्यो । लगत्तै ओरालो लागेको नेप्से १६२९ सम्म झरेर रातो देखियो । पुनः पछिल्लो पटक नेप्से हरियो देखिएको छ ।

यो समाचार तयार पार्दासम्म सात अंकले बढेर कारोबार भइरहेको हो । आज नेप्सेमा तिब्र उतारचढाव देखिएको हो ।

नेकपाभित्र राष्ट्रियसभामा बामदेव गौतम कि डा. युवराज खतिवडा भन्ने विवाद रहेको छ । वामदेव गौतम भएमा अर्थमन्त्री खतिवडाले तत्काल वा बढीमा ६ महिनाभित्र पदबाट राजीनामा दिनुपर्ने हुन्छ । को हुने भन्ने टुंगो नलाग्दा पनि लगानीकर्ता दोधारमा परेको पाइएको छ । अर्कातर्फ, अन्तराष्ट्रिय बजारमा भने कोरोना भाइरसका कारण तिब्र रुपमा सेयर बजारमा गिरावट आउने क्रम जारी छ । नेपालमा भने त्यसको ठिक उल्टो भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।