काठमाडौं । गत हप्ताहरुमा निरन्तर उकालो लागेको सुनको मूल्यमा पछिल्ला दिनमा भने गिरावट आउन सुरु गरेको छ । शुक्रबारदेखि सुनको मूल्य वृद्धि रोकिएको हो ।
तोलामै सुनको भाउ १२ सय रुपैयाँले घटेर आइतबार ७८ हजार रुपैयाँमा आएको छ । शुक्रबार तोलाको ७९ हजार २ सय रुपैयाँ थियो ।
चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा आइपुगेको छ। शुक्रबार चाँदी तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो । डलरको भाउ बढेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेको बताइन्छ । सुन र डलरको भाउ जहिले पनि विपरित हुने गर्दछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।