काठमाडौं । काठमाडौंमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । फ्रान्सबाट कतार हुँदै आएका एकजना नेपाली नागरिकमा कोरोना भाइरस ९कोभिड–१९० पोजिटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गरेर यसको जानकारी गराएका हुन् । चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट हिजो आएको मन्त्री ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अहिले उपचाररत युवती काठमाडौंमा आएपछि आफैं होम क्वारेन्टाइनमा बसेको बताइएको छ । रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकाल बताउँछन् । मन्त्री ढकालले ती महिलाको परिवारसहित सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् । उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने सरकारले जनाएको छ ।
काठमाडौं देखियो कोरोना, मन्त्री ढकाल भन्छन्– ‘फ्रान्सबाट कतार हुँदै आएकी नेपालीमा संक्रमण’
Comments