काठमाडौं । काठमाडौं उपत्यकामा अहिले असिना पानी परेको छ । नेपालको पहाडी क्षेत्रको सबैतिर मौसम बदली भएको छ भने साँझपख पानी पर्ने मौसम अनुमान महाशाखाले जनाएको छ ।
यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान विवरण
चैत्र २९ गते (शनिबार) : दिउँसो- देशको पहाडी भू(भागमा आँशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक(दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
चैत्र ३० गते (आईतबार) दिउँसो- देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।







