काठमाडौं । नेपालमा शुक्रबार बिहान ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४ सय ८७ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका छन् । संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ ।
शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेढी गाउँपालिकाका ४५ वर्षीय पुरुष, चितवनको भरतपुर महानगरपालिका-६ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३ र १८ निवासी ३३ वर्षीय तथा ३५ वर्षीय पुरुष र १५ वर्षीया किशोरी रहेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका ८ वर्षीया बालिकासहित ९ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी १५ जना रहेको मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमण पुष्टि भएकाहरुको उमेर समूह ८ देखि ७४ वर्ष रहेको छ ।
यी समाचार छुटाउनु भयाे की ?
गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी
नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय
जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं
कालिमाटीमा कार्यरत सई र जवानमा कोरोना पुष्टि
एकै पटक २१ जनाले पराजित गरे कोरोना
यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)