काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघ्ने अनुमान गर्न थालिएको छ । लकडाउनका कारण दुई महिनादेखि सार्वजनिक नगरिएको सुनचाँदीको भाउ बुधबारदेखि सार्वजनिक भयो । जस अनुसार सुनको मूल्य प्रतितोला ७८ हजार ८ सय रुपैयाँ र चाँदी ७ सय ६४ रुपैयाँ छ ।

केही दिन अगाडि मात्रै अन्तराष्ट्रिय बजारमा १७ सय ४३ डलरमा पुगेर सुनको मूल्यले नेपाली बजारमा तोलाको ८८ हजारमा रेकर्ड बनाएको थियो । अन्तर्राष्ट्रिय अर्थतन्त्रमा ह्रास आएपछि सुनमा लगानी गर्नेको संख्या बढ्दा मूल्य बढिरहेको छ । आगामी दिनमा चीन र अमेरिकाबीचको व्यापार युद्ध बढ्ने संकेत आउँदा मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सन् २०११ मा १९ सय २४ डलरसम्म पुगेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । सन् २०२० पछि भने सुनको मूल्य बढेर प्रतिऔंस २ हजार डलर नाघ्ने र नेपाली सुन बजारमा सुनको मूल्य तोलाको १ लाख रुपैयाँ नाघ्ने अनुमान गर्न थालिएकाे हाे । तर, यसरी सुनकाे मुल्य बढ्नु भनेकाे एक/डेढ वर्षमा निक्कै ठूलाे कायपलट हुनु बराबर हुने तर्क पनि हुने गरेकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।