काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथामका लागि चैत ११ देखि लकडाउन घोषणा गरेको छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई चैत ९ गतेदेखि सरकारले सबै हवाइ उडानहरु समेत बन्द गरेको छ ।

यसबीचमा ८ जना हवाई मार्गबाट नेपाल भित्रिएका छन् भने ७ हजार २ सय ७६ जना बाहिरिएको पाइएको छ ।

बाहिरिनेहरु प्लेन चार्टर गरेर वा अन्य देशले उद्धार गरेका गएका हुन् भने यसै समयमा ८ जना नेपाली भित्रिएको समेत पाइएको हो । उनीहरु जापान र बंगलादेशबाट काठमाडौं आएको पाइएको छ । जसमध्ये ४ नेपाली र ४ विदेशी छन् । नेपाल आउने ८ जनामध्ये चार विदेशीमा काठमाडौंस्थित जापानी राजदुत र उनकी पत्नी तथा काठमाडौंस्थित बंगलादेशकका राजदूतका पति र छोरा हुन्।

त्यस्तै नेपालीमा गृह मन्त्रालयका एक उपसचिव, परराष्ट्र मन्त्रालयका एक अधिकृत, शिक्षण अस्पताल महाराजगंजका एक जना चिकित्सक र बंगलादेशमा अध्ययरत एक बिरामी विद्यार्थी थिए ।

सरकारी कर्मचारी विदेश भम्रणमा रहेकैबेला लकडाउन शुरु भएपछि त्यतै रोकिएकाले मन्त्रालयको पहलमा नेपाल फर्काइएको हो । त्यस्तै बंगलादेशमा एमबीबीएस अध्यनरत नेपाली छात्रा गम्भिर बिरामी भएकाले उनलाई परिवारले चार्टर विमान पठाएर नेपाल ल्याएको हो ।

यी समाचार छुटाउनु भयाे की ?

आज एकैदिन ११४ जना कोरोना संक्रमित थपिए, जम्मा ८८६ पुग्यो

मृत्युपछि अन्त्येष्टि गरिएका व्यक्तिमा कोरोना

भारतबाट भित्रिए २ दिनमै साढे १० हजार

उपत्यकामा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना संक्रमण

काठमाडौं उपत्यकासहित ६ जिल्लामा थपिए ३२ संक्रमित, जम्मा संख्या ५४८ पुग्यो

गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय

जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं

कालिमाटीमा कार्यरत सई र जवानमा कोरोना पुष्टि

एकै पटक २१ जनाले पराजित गरे कोरोना

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।