काठमाडौं । काठमाडौं उपत्यका अन्तर्गतको ललितपुर जिल्लामा पहिलो पटक कोरोना भाइरसको कारण एक जनाको निधन भएको छ ।

ललितपुर महानगरपालिका–२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । ललितपुरमा बुधबार एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

जेठ ११ गतेसम्म पाटन अस्पतालमा रहेका ती व्यक्ति आइसीयू राख्नुपर्ने हुनाले किष्टमा रिफर गरिएको थियो । जेठ ११ गते राति अस्पताल ल्याइएको थियो । सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो। उनको सोही दिन थ्रोट स्वाब प्रयोगशालामा पठाइएको थियो । आज (जेठ १४ गते) उनको रिपोर्ट पोजेटिभ देखिएको आज नै निधन भएको हो । उनको मृत्युको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

ललितपुरकी प्रतिनिधिसभा सदस्य तथा नेकपा नेतृ पम्फा भुसालले उनको मृत्युको पुष्टि गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली अर्पण गरेकी छिन् । उनले ललितपुरमा कोरोनाबाट बुधबार एक जनाको निधन भएको जनाएकी छिन् ।

यी समाचार छुटाउनु भयाे की ?

आज एकैदिन ११४ जना कोरोना संक्रमित थपिए, जम्मा ८८६ पुग्यो
मृत्युपछि अन्त्येष्टि गरिएका व्यक्तिमा कोरोना

भारतबाट भित्रिए २ दिनमै साढे १० हजार

उपत्यकामा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना संक्रमण

काठमाडौं उपत्यकासहित ६ जिल्लामा थपिए ३२ संक्रमित, जम्मा संख्या ५४८ पुग्यो

गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय

जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं

कालिमाटीमा कार्यरत सई र जवानमा कोरोना पुष्टि

एकै पटक २१ जनाले पराजित गरे कोरोना

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।