विदेशबाट क–कसलाई ल्याउँदैछ सरकारले ?

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने भएको छ । काेभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयस समितिको शुक्रबारको बैठकले प्राथमिकताको आधारमा तत्काल २५ हजारलाई ल्याउने निर्णय गरेको हो ।

यतिबेला जो कोही आउन चाहनेले भने आउन पाउने छैनन् । अलपत्र परेकाहरुको पहिचान गरी प्राथमिकताको आधारमा सरकारले उनीहरुलाई नेपाल फिर्ता ल्याउन लागेको हो ।

सरकारले ल्याउन लागेका नेपालीहरुमा युइए, कतार, मालदिभ्स तथा बंगलादेशमा रहेका विद्यार्थीलगायत छन् । प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउने निर्णय भएको जानकारी दिए । उनका अनुसार आममाफी पाएका, भिषा सकिएर नविकरण नभएका, वर्कपरमिट सकिएका, सुत्केरी लगायतको उद्धार गरिनेछ ।

सरकारले युएइमा रहेका २८ जना गर्भवती नेपाली महिला र कुवेतमा लडकडाउनकै अवधिमा माफी पाएर देश फर्किन बसेका २५ सयदेखि ३ हजार घरेलु कामदारलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गर्न लागेको छ । दैनिक ३ हजारदेखि ३५ सय जनालाई ल्याउने योजनामा सरकार रहेको छ ।

सरकारले भारत र अन्य देशमा गरी झन्डै ६ लाख नेपाली तत्काल आफ्नो देश फर्किन चाहेको आँकलन गरेको छ । तर, अहिले भने अलपत्र परेकाहरुको उद्धार कार्य अघि बढाउन लागिएको हो ।

अब परराष्ट्र मन्त्रालयले नेपाल आउन चाहनेको तथ्यांक संकलन गर्नेछ भने सोही अनुसार नेपाली विमान पठाइनेछ । विमान शुल्क लगायत स्वयम् नेपाल आउन चाहनेले बेहोर्नुपर्ने सरकारले जनाएको छ ।

Comments
spot_img

More like this

बालेन सरकारले १५ मन्त्रालय बनाउने

काठमाडौं । अबको अर्को साता देशले बालेन शाहको नेतृत्वमा नयाँ सरकार पाउने भएको छ । उक्त सरकारमा...

चुनावमा पराजयपछि कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा...

हेलिकोप्टर अवतरण गर्ने क्रममा खोटाङमा दुर्घटना

काठमाडौँ । एयर डाइनेस्टी हेलि सर्भिस प्रालिको हेलिकोप्टर खोटाङमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। आज बिहान...