काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेख जिल्ला दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । शनिबार स्वाबको रिपोर्ट पोजिटिभ आएको प्रदेश सरकारले जनाएको छ ।
मृतक पुरुषको शव दुल्लुस्थित क्वारेन्टाइनमै राखिएको छ । प्रदेश सरकारले स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा आइतबारमात्र शव व्यवस्थापन गरिने जनाएको छ ।
१० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।
Comments