पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना, १२ को मृत्यु २० जना घाइते

काठमाडौं । भारटबाट आफ्नो गाउँ फर्कर्दै गर्दा पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा १२ जनाको निधन भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।

उनीहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी गएराति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । मृतक ११ पुरुष र एक महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।

Comments
spot_img

More like this

बालेन सरकारले १५ मन्त्रालय बनाउने

काठमाडौं । अबको अर्को साता देशले बालेन शाहको नेतृत्वमा नयाँ सरकार पाउने भएको छ । उक्त सरकारमा...

चुनावमा पराजयपछि कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा...

हेलिकोप्टर अवतरण गर्ने क्रममा खोटाङमा दुर्घटना

काठमाडौँ । एयर डाइनेस्टी हेलि सर्भिस प्रालिको हेलिकोप्टर खोटाङमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। आज बिहान...