काठमाडौं । सरकारले सामदुायिक विद्यालयहरुलाई क्वारेन्टाइन बनाइएको अवस्थामा निजी विद्यालय सञ्चालकहरुलाई फाइदा हुने गरी पढाउन अनुमति दिएको छ ।
निजी विद्यालयहरुको प्रलोभन र दबाबमा सरकार फसेर वैकल्पिक विधिवाट विद्यालयमा पठनपाठनको अनुमति दिएको हो ।

यसअघि नै निजी विद्यालयहरुले अनलाइन कक्षाको नाममा अभिभावकहरुसँग चर्को शुल्क उठाउन ताकेता गर्दै आएका छन् । अभिभावकहरुले सरकारले शुल्क नतिर्न भनेको भन्दै शुल्क नबुझाएपछि निजी विद्यालय सञ्चालकहरुले पठनपाठनको अनुमति दिन दबाब दिँदै आएका थिए ।

सरकार निजी विद्यालयको सामु घुँडा टेक्दै सामुदायिक विद्यालयलाई क्वारेन्टाइन बनाउने र निजीलाई वैकल्पिक विधिवाट विद्यालयमा पठनपाठनको अनुमति दिनेमा पुगेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतबार विज्ञप्ति जारी गरेर बालबालिकाको नियमित पठनपाठनको सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न निर्देशिका जारी भएका बताएका थिए ।

निजी विद्यालयले वैकल्पिक विधिबाट पठनपाठन सुरु गर्ने तयारी गरे पनि देशभरका अधिकांश सामुदायिक विद्यालयमा भने कोरोना संक्रमितलाई राखिएको छ । यसले धनी तथा सम्पन्न परिवारका छोराछोरीले शिक्षा पाउने भएपनि सामुदायिक विद्यालयमा पठनपाठन गराउने भने वञ्चित हुने भएका छन् ।

याे पनि पढ्नुहाेस्- सरकारलाई चुनौती दिँदै भारतीय ‘मोडर्न इन्डियन स्कुल’द्धारा शुल्क बुझाउन ताकेता

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।