काठमाडौं । काठमाडौंको न्युरोड, असन लगायतका क्षेत्रमा व्यवसायीले आज बुधबार पनि पसल खोलेका छन् । तर, उनीहरुले पसल खोल्न खोज्दा प्रहरीले भने अवरोध गरेको छ ।

केही दिन अघिदेखि व्यापारीले बिहान ११ बजेसम्म पसल खोल्न थालेका छन् । तर, मंगलबार प्रहरीले पसल खोल्न रोकेको थियो । बुधबार बिहान पनि पसल खोल्न गएका व्यापारीहरुलाई प्रहरीहरुले रोकेका छन् ।

पसल खोल्न रोकेपछि व्यवसाय सन्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अब सरकारलाई ताला चाबी बुझाउने व्यवसायीहरुले बताएका छन् ।

लकडाउनको मिति थपिँदै गर्दा आफुहरु थप मर्कामा परेको भन्दै व्यापारीहरुले केहिदिन यता बिहानको समयमा पसल खोल्न सुरू गरेका थिए । प्रहरीले भन् सरकार कुनै नयाँ निर्देशन नदिएकाले लकडाउनमा कडाइ गरिएको बताएको छ ।

सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषणागरेसँगै ती क्षेत्रका पसलहरु पूर्ण रुपमा बन्द भएका थिए । आज लकडाउनको ७८ औं दिन हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।