काठमाडौं । सरकारले जारी गरेको लकडाउनमा ठूला व्यापारी र राजनीतिक पहुँच भएकालाई एउटा व्यवहार र साना उद्योगी तथा पसलेहरुलाई अर्को व्यवहार गरेको पाइएको छ ।
सरकारले ११ चैतदेखि लकडाउन गरेर सर्वसाधरणलाई अनावश्यक काम बाहेक घरबाहिर निस्कन समेत रोक लगाएको छ । यो बिचमा सबै पसलहरु बन्द रहेपनि भाटभटेनीलाई भने कुनै रोकतोक छैन । भाटभटेनीले खाद्यान्न, तरकारी मात्र हैन, लत्ता कपडादेखि सबै किसिमका सामानहरु बिक्री गरिरहेको छ ।
सरकारले पहुँच भएकाहरुलाई भित्रभित्रै पास उपलब्ध गराएर सहजै आफ्नो व्यापार व्यवसाय सञ्चाल गर्न दिईरहेको छ । तर, सामान्य किसिमका पसलेहरुलाई भने घरभित्रै थुनेको छ । व्यवसायीले भने एकतर्फी रुपमा पसल खोल्न थालेका छन् भने सरकारको विरोध सुरु गरेका छन् ।
Comments