सरिता गिरीको घरमा कालोझण्डा गाडियो

काठमाडौं । विवास्दप अभिव्यक्ति दिएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा युवाहरुको एक समूहले कालोझण्डा राखेको छ ।

लिपुलेक कालापानीसहितको नक्सा खारेजीको माग गर्दै संशोधन दर्ता गरेपछि उनको झनै विरोध भइरहेको बेला बुधबार साँझ विशालनगरस्थित उनको घरमा कालो झण्डा राखिएको हो । उनको घरमा राखेको कालोझण्डा प्रहरी पुगेर हटाएको छ । उनको घरमा कसले कालो झण्डा राखेको भन्नेबारे खुल्न आएको छैन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनले सांसद गिरीलाई कारबाही गर्न माग गरेको छ ।

गिरीकै पार्टी समाजवादी पार्टीले पनि उनलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ र फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

Comments
spot_img

More like this

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा ८ साउनः ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...