यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा नहुने भएको छ । मन्त्री परिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हाे ।

उर्जामन्त्री वर्षमान पुनले यो वर्ष एसईई परीक्षानगर्ने र विद्यालयको आन्तरिक मूल्यांकनलाई मान्यता दिने निर्णय भएकाे जानकारी दिए ।

अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ।

गत २०७६ चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।