काठमाडौं । सरकारले काठमाडौं भित्रन र बाहिरिन चाहनेका लागि नियम ल्याएको छ । जस अनुसार अब काठमाडौं भित्रन चाहनले आफू बस्ने नगरपालिकाको स्वीकृति अनिवार्य रुपमा गराउनुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेर यस्तो नियमबारे जानकारी गराएको हो । अब काठमाडौं आउन चाहनेले काठमाडौँको कुन नगरपालिकामा बस्ने हो त्यसले दिएकाे अनुमतिसहित यात्रा प्रवेश गर्ने जिल्ला प्रशासनमा निवेदन दिनुपर्ने छ ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम निर्धारण, फर्किनुको औचित्य आदिको विश्लेषण गरेर पास उपलब्ध गराएमा मात्र आउन पाइने भएको छ ।

काठमाडौँबाट बाहिर जानको लागि भने व्यक्तिगत र संस्थागत आवश्यकता देखाएर कागजपत्र पेश गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ पास बन्द गरेको छ । आइतबार जिप्रकाले सूचना जारी गर्दै काठमाडौं जिल्लाभरि पास बन्द गराएको जानकारी दिएको हो ।

जेठ २८ गतेको निर्णयले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने निर्णय गरेपछि पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

याे पनि पढ्नुहाेस्
यी हुन् ५ करोडको भ्रष्टाचार मुद्धा परेका सर्वेक्षक काफ्ले

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।