काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारेको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ। पछिल्लो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएका छन्।
नेपालमा आइतबारसम्म संक्रमितको संख्या पनि बढेर ५ हजार ७६० पुगेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ।
Comments







