काठमाडौं । चीनमा फेरि कोरोना भाइरस संक्रमण देखिएपछि राजधानी बेइजिङमा कडाई गरिएको छ भने स्कुलहरु बन्द गरिएको छ ।

पछिल्लो पटक बेइजिङका धेरैजसो जिल्लाका स्कुलहरू बन्द गरिएको छ । ठाउँ–ठाउँमा सुरक्षा चेक पोस्ट राखिएको छ ।

त्यहाँको सरकारले बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरेको छ । । खेल र मनोरञ्जन केन्द्र पनि बन्द गरिएको छ । सुपरमार्केट र कार्यालयहरूमा प्रवेश गर्नेहरूको शरीरको तापक्रम जाँच्न थालिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।