Friday, July 24, 2026
24.8 C
Kathmandu
Home ब्यानर कोरोना जितेकी प्रसिद्धीले प्रधानमन्त्रीलाई भनिन्– ‘कोरोना बिरामीको दुःखमा नखेल्नुहोस, यो बकवास अत्ति...

कोरोना जितेकी प्रसिद्धीले प्रधानमन्त्रीलाई भनिन्– ‘कोरोना बिरामीको दुःखमा नखेल्नुहोस, यो बकवास अत्ति भयो’

काठमाडौं । नेपालमा कोरोना जितेर घर फर्किएकी प्रसिद्धी श्रेष्ठले प्रधानमन्त्रीकाे कोरोनालाई बेसार पानी उमालेर खाने, हाछ्यु गरेर उडाईदिने भन्ने तर्कमा गम्भीर असहमति जनाएकी छिन् ।

उनले निक्कै कडा शब्दमा प्रधानमन्त्रीको बकवास अत्ति भएको भनेकी छिन् भने कोरोना बिरामीको दुःखमा नखेल्न सुझाव समेत दिएकी छिन् । ‘मैले कोरोना भोगिसकेको छु, यो कुनै सामान्य फ्लू होइन, श्वास फेर्न गाह्रो हुन्छ, थकाइ लाग्छ, कृपया आफ्नो मनोरञ्जनको लागि कोरोना बिरामीको दुःखमा नखेल्नुहोस, यो बकवास अत्ति भयो ।’ उनले ट्विटरमार्फत यस्तो बताएकी हुन् । उनको यस्तो अभिव्यक्ति प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा भनेको भिडियो लिंक सेयर गर्दै भनेकी हुन् ।

कोरोना भनेको रुघाखोकी जस्तो हो, लागिहाल्यो भने हाँच्छिउ साँच्छिउ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ, उच्च मनोबल राख्नुपर्छ त्यति गरेमा कोरोनाले लान सक्दैन’ प्रधानमन्त्रीले भनेका थिए । अहिले प्रधानमन्त्रीको यो भनाईमा चर्को आलोचना भइरहँदा कोरोनालाई पराजित गरेकी प्रसिद्धीले पनि विरोध जनाएकी हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।