काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मी छत्रकोट गाउँपालिकाका वडा नं ५ का ६९ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार उनको मृत्युको पुष्टि गरेको हो । ती पुरुष प्यारालाइसिस उपचार गरेर जेठ २५ गते नेपाल आएका थिए । उनी होम क्वारेन्टइनमा बसेका बेला असार ५ गते घरमै मृत्यु भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म मृत्यु हुनेको संख्या २३ पुगेको जानकारी दिए ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका २, बाराका १, ललितपुरका १, अर्घाखाँचीका २, दैलेखका १, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका १, चितवनका १, विरगन्जका १, पर्साका १ र गुल्मीमा १ जनाको मृत्यु भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।