जो मागेर खान्थिन् उनैलाई कोरोनाले लग्यो

दाङ : एक हप्ता जति भएको थियो उनले घोराहीको ट्राफिक चोक वरपर आवत जावत गर्न थालेको। राति चोकको पेटीमा सुत्ने र दिनभर वरपरका पसल र घरमा मागेर हिँड्नु र त्यही बसेर खानु उनको दैनिकी थियो।

एक सातासम्म उनीमाथि नजर परे पनि उद्धार र व्यवस्थापन गर्न तर्फ कसैको चासो देखिएन्। कोरोना संक्रमण बढ्दै गएको घोराहीमा उनी प्रति ध्यान पनि कसैको भएन। उनी को हुन ? कहाँकी हुन ? अहिलेसम्म पहिचान हुन सकेको छैन।

अन्दाजी ३०/३५ वर्षकी उनी एक साता राम्रै अवस्थामा थिइन्। बिहीबार अचेत अवस्थामा देखिएपछि घोराही उपमहानगरपालिकाको नगर प्रहरी र वडा प्रहरी कार्यालयले उनको उद्धार गर्दै उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याए।

घोराही उपमहानगरपालिका–१५ (ट्राफिक चोक) गुम्राह चोक प्रतिक्षालयको बेञ्चमा वेवहारिसे अवस्थामा भेटिएकी महिलालाई प्रहरीले उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको थियो।

उपचारकै क्रममा तीन दिन पहिले ती महिलाको मृत्यु भयो। मृत्युपछि संकलन भएको उनको स्वाब रिपोर्ट पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ। बेन्चमा सुतेको र स्वास फेर्न गाह्रो अवस्थामा देखेपछि प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको बताएको छ। ती महिलाको अहिलेसम्म नाम ठेगाना खुलेको छैन।

वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक दिनेश रिमाल र घोराही उपमहानगरपालिकाको नगर प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक रुद्र पन्थीले सुरक्षित स्वास्थ्य सामग्रीको प्रयोग गरेर ती महिलालाई उपचारका लागि अस्पतालसम्म पुर्‍याएका थिए।

केही दिनदेखि चोक आसपासमै बस्ने र मागेर खाने गरेको स्थानीयले बताएका छन्। केही स्थानीयले उनलाई खानेकुरा दिएको बताए पनि उनको बारेमा केही थाहा नभएको बताएका छन्।

घोराही सडक मानव मुक्त नगर हो। केही समय अघि नगरलाई औपचारिक रुपमा नै घोषण गरिएको थियो। सडक मानव मुक्त नगरमै बेवारिसे महिना भेटिनुले पनि ठूलो अर्थ राखेको स्थानीयको भनाइ छ। अन्नपूर्णपोष्टमा खबर छ ।

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...