अहिले सम्मकै उच्च विन्दुमा रहेकाे सुनमाे मुल्य मगंलवार भने थाेरै मुल्यले घटेकाे छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ रेकर्ड बनाइरहेको समयमा मगंलवार सुनको मुल्य एक सयले घटेको हाे ।

हिजो सोमबार छापावाला सुनको मूल्य ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो भने आज मंगलबार १ सयले घटेर ९१ हजार २ सयमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ७ सय ६५ ले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

चाँदी मुल्य यथावत रही प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।