संकट टार्न यी हुन् प्रधानमन्त्रीको अबका पाँच विकल्प



काठमाडौँ — आफ्नै कारण प्रधानमन्त्री र अध्यक्षको कुर्सी धरमर भएपछि केपी शर्मा ओली सम्भावित संकट टार्ने रणनीति बनाउन थालेका छन् । उनी स्वयं र निकटस्थ नेताहरूले अब कसरी अघि बढ्दा सुरक्षित हुन सकिन्छ र त्यसका लागि कस्ता कदम चाल्ने भनेर विभिन्न समूहको नाडी छामिरहेका छन् ।

ओलीले बुधबार आफूनिकट स्थायी कमिटी सदस्य र केही मन्त्रीलाई बालुवाटारमा बोलाएर छलफल गरे । त्यहाँ उनले पार्टीभित्र देखिएको परिदृश्य व्याख्या गर्दै आफूलाई अपमान गरिएकाले अब कसरी जाने भन्ने सुझाव मागे ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

स्थायी कमिटी बैठक उद्घाटन र मंगलबारको बैठकमा ओली र दाहालले दिएको अभिव्यक्तिलाई आधार मान्ने हो भने उनीहरूबीचको तिक्तता चुलिएको छ । पछिल्लो पटक अध्यक्षद्वयले एक्लाएक्लै छलफलमा समेत नबसेर दूतहरूमार्फत कुराकानी गरेका छन् । निकटस्थहरूले दिएको सुझावलाई आत्मसात् गरे भने ओलीले सत्ता र पार्टी दुवैमा आफ्नो नेतृत्व कायम राख्न अर्का अध्यक्ष दाहालसँग मित्रताको प्रस्ताव गर्नेछन् ।

उनी निकटस्थहरूले पनि अहंकारको मात्रा बढेको उल्लेख गर्दै अब सुधारेर अघि बढ्नका लागि अर्का अध्यक्ष दाहालसँग हार्दिकतापूर्ण साइनो गाँस्न सुझाव दिएका छन् तर ओलीले आफू कसरी अघि बढ्ने ठ्याक्कै भनिसकेका छैनन् । अहिलेसम्मका छलफल, नेताहरूबाट प्राप्त सुझाव र सत्तारोहणपछि पार्टीभित्रै र बाहिर पनि अत्यधिक बढेको अलोकप्रियता मापन गरेका प्रधानमन्त्री ओलीले केही विकल्पबारे भने सोचिसकेको उनी निकटस्थहरूको भनाइ छ ।

कान्तिपुरले उनका पाँच विकल्पबारे यस्तो लेखेको छः
– दाहालसँग मिल्ने
– दुईमध्ये एउटा इच्छाइएको पद राख्ने
– जे दिन्छन् त्यसमा चित्त बुझाउने
– तिकडम १: संसदीय दल फेस गर्ने
– संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने

कमेन्ट गर्नुहाेस्