अस्पतालमा कोरोना संक्रमा देखिए पछि आकस्मिक सेवा बाहेकहरू सेवा भए बन्द

गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँको बाँसबारीस्थित उपचाररत् ७ जनामा कोरोना भाइरसको संक्रमण पाेजेटिभ देखिएकाे छ ।

अहिले गंगालाल अस्पतालको आकस्मिक सेवाबाहेक सबै सेवा अर्को सूचना जारि नभएसम्मको लागि स्थगित गरिएको बताएकाे छ । पछिल्लो समय उपत्यकाका अस्पतालहरू नै काेराेना संक्रमणको सिकार बनेकाे छ ।

यसअघि पनि काठमाडौं मेडिकल कलेज, टिचिङ अस्पतालका बिरामी र स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।