मुख, ओठ र जिब्रोमा खटिरा आयो ? चिन्ता नलिनुहोस् यस्ता छन् घरेलु उपाय



काठमाडौं । के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएकाे छ ? यस्ता घाउ खटिराकाे समस्या बढेर जटिल समस्या पनि आउन सक्छ । घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ।

त्यसैले मुखको घाउ , खटिराबाट छुटकारा पाउन निम्न उपाय अपनाउनुहोस्:
– मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने
– पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
– हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
– मह घाउमा लपक्क लगाउने
– बढी चिल्लो नखाने
– हल्का उम्रेको गेडागुडी बिहान-बिहान खाने
– पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
– बदाम भिजाएर खाने
– निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
– जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला