काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महंगोमा कारोबार भइरहेको छ । बिहीबार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।
बुधबारको तुलनमा आज प्रतितोला ९ सय रुपैयाँले सुनको भाउ बढेको हो । बिहीबार कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।
यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ९६५ रुपैयाँमा कायम भएको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ९८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य अहिलेसम्मकै महंगोमा पुगेपनि कारोबार भने न्यून रहेको छ । दैनिक १५ लाखको सुन कारोबार गर्ने पसलले बिहेको लगनकै बेलामा पनि मुस्किलले दुई लाखको कारोबार हुने गरेको बताएका छन् ।
Comments







