आरामको लागि निन्द्रा सबैभन्दा महत्वपूर्ण हुन्छ । राम्रोसंग सुत्ने, राम्रो निन्द्रा लिने व्यक्ति शारीरिक तथा मानसिक थकानबाट मुक्त हुन्छ । यसले गर्दा ऊ स्वस्थ त हुन्छ नै, काममा पनि प्रभावकारिता बढ्छ । सुत्नु भन्दा पनि कसरि सुतेको छ र कत्तिको गहिरो निन्द्रा लिएको छ भन्ने कुराले यो निर्धारण गर्छ ।

विश्वका ४० प्रतिशत भन्दा बढी व्यक्ति खुट्टा खुम्च्याएर सुत्ने गर्छन् । यसरि सिधा नसुतेर खुट्टा खुम्चाउँदा घुंडा दुख्ने समस्या आउँछ । त्यस्तै, यसरि सुत्दा ढाड पनि कुप्रो पर्छ । यो तरिकाले नसुत्नु नै राम्रो हुन्छ । तर यदि त्यो बानी छुटाउन सकिंदैन भने घुंडाको बीचमा सिरानी राखेर सुत्ने गर्नुपर्छ । यसरि सुत्दा ढाड पनि सिधा हुन्छ र घुंडाको जोर्नी दुख्ने समस्या पनि हुँदैन ।

धेरैजसो व्यक्ति दायाँ तर्फ या सिधा भएर सुत्ने गर्छन् । दायाँ तर्फ सुत्दा धेरैलाई सहज लाग्छ । तर दायाँ तर्फ फर्किएर सुत्नु भनेको वैज्ञानिक दृष्टिकोणले गलत हो । हाम्रो शरीरको दायाँ भाग भन्दा बायाँ भाग बढी बलियो हुन्छ । यसले गर्दा दायाँ तर्फ सुत्दा हाम्रो कमजोर भागले काम गर्न थाल्छ र हाम्रो निन्द्रा पुग्दैन ।

शरीर भित्रको काम सुस्त गतीमा हुनुले हामी गहिरो निन्द्रामा जान तथा आराम महसुस गर्न सक्दैनौं । बायाँ तर्फको भाग बलियो हुने हुनाले हामी बायाँतर्फ फर्किएर सुत्दा हाम्रो शरीरले द्रुत गतीमा काम गरिरहेको हुन्छ र हामीलाई आराम महसुस हुन्छ । बायाँ भागले हाम्रो शरीरको विकार पनि सबै बाहिर ल्याइदिञ्छ।

हामीले खाएको खाना बायाँ भागमा हुन्छ । दायाँ तर्फ फर्किएर सुत्दा त्यो खाना बसेको ठाउँ खलबलिन्छ । खाना छिटो पच्न थाल्छ र अम्लीय पदार्थ उत्पन्न हुन थाल्छ । बायाँ भागतर्फ फर्किएर सुत्दा हामीले खाएको खाना राम्रोसंग पच्छ, किनकी त्यो सही स्थानमा रहेको हुन्छ । त्यसैले गर्दा हाम्रो पाचनशक्ति बढ्छ र पेटसम्बन्धि समस्या पनि हट्छ । – एजेन्सीकाे सहयाेगमा

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।