नेपमलमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकाे छ । देशभरका प्रयोगशालामा ५ हजार ३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २३ जनामा प्रहरीमा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

यससंगै काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् ।

उनीहरुमध्ये ४८ जना काठमाडौं जिल्लाका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।