‘सगुन’ बारे बोल्यो सरकार- ‘सगुनको आइपिओ गैरकानुनी हो, लगानी नगर्नु’



काठमाडौं । अमेरिकी सेयर बजारमा दर्ता भएको, नेपालीले खोलेको र लगानी गर्दा डलर फल्ने भन्दै प्रलाेभन देखाएर लगानी जुटाउने प्रयास गरिरहेको सगुनमा लगानी नगर्न सरकारले सर्वसाधरणलाई सचेत गराएको छ ।

नेपाल धितोपत्र बोर्डले सगुनको आइपीओ गैरकानुनी भएको भन्दै लगानी नगर्न सचेत गराएकाे हाे ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

धितोपत्र बोर्डबाट अनुमति नपाएको सगुनलाई आइपीओ खुला भएको लगायतका विषयमा भ्रमित पार्ने गरी विज्ञापन तथा समाचार प्रकाशन तथा प्रकाशन नगर्न समेत निर्देशन दिएको छ ।

विदेशमा रहेको यस संस्थाले आइपीओको नाममा पटकपटक नेपाली नागरिकबाट पैसा असुल्दै आएको छ । पछिल्लो पटक भने बोर्डले एक सुचना नै जारी गरेर गैरकानुनी भएको जनाएको छ ।
धितोपत्र सम्बन्धी ऐन अनुसार संगठित संस्थाहरूले नेपालमा धितोपत्र निष्कासन गर्नुअघि धितोपत्र बोर्डमा दर्ता गराउनुपर्ने हुन्छ । बोर्डबाट अनुमति पाएपछि मात्र बिक्री खुला गर्न पाइन्छ । तर सगुनले भने आईपिओको नाम बेचेर पैसा असुल्दै आएको छ ।

सगुनको लगानी डुब्ने खतरा रहेको विज्ञहरुले पटक पटक सचेत गराउँदै आएका छन् । यस्ता, कम्पनी सयौं खुल्ने र बन्द हुने गरेको भन्दै लगानी गर्न पूर्व बुझेर मात्र निर्णय गर्न उनीहरुले आग्रह गरेका छन् ।

यता, सन् २०१७ देखि सुरु भएको सगुनले लगानी गर्न विभिन्न प्रलोभनजन्य प्याकेज देखाएर पटक पटक आह्वान गर्दै आएको छ । तर, तर वर्षौदेखि लगानी गर्नेहरुले डलर थाप्नु भन्दा पनि लगानी घुमाउने काम गरेकाे मात्र पाइएकाे छ ।

जानकारहरूका अनुसार सगुनले यसअघि उठाएको आईपिओबापतको रकम कर्मचारीको सेवा सुविधामा खर्च गरिसकेको छ । पछिल्लो समय आर्थिक अवस्थाकै कारण कम्पनी समस्यामा पर्न थालेपछि पुनः आईपिओ खुल्ला गरेर पैसा बटुल्न लागेको बताइन्छ ।

सगुनले पछिल्लो पटक नाम चलेका सबै नेपालका अनलाइनमा फेरि पनि विज्ञापन गरेर आफ्ना ग्राहक बढाउने र लगानी जुटाउने प्रयास गरेको छ । अहिले कान्तिपुर, अनलाइनखबर, सेतोपाटी, रातोपाटी लगायत नाम चलेको सबै अनलाइनमा प्रचार गरिरहेको छ ।

विश्वभरी चर्चित रहेको, अमेरिकी सेयर बजारमा दर्ता भएको, भारतको एक पत्रिकाले ५० करोड लगानी गरेको भनेर समाचार लेखाउने सगुनले पटक–पटक किन नेपालीले खोलेको भनेर नेपालबाट नै लगानी जुटाउन खोजिरहेको छ त्यो पनि शंकाको विषय बनेको छ ।

यी समाचार पनि पढ्नुहाेस्

सगुन आईपिओमा लगानी गर्दा डुब्ने खतरा

‘सगुन’मा लगानी गर्नेहरुले डलर फलाए की हिस्स परे ?