९९ हजार पुग्यो सुनको भाउ



काठमाडौं । नेपाली बजारमा सुनकाे मुल्यले रेकर्ड तोडेको छ । पछिल्लो समय दिनदिनै उकालो लागेर रेकर्ड बनाइरहेको सुनले आज बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको हो । बिहीबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर ९९ हजार पुगेपछि हालसम्मकै उच्च मूल्य कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ५६० रुपैयाँ निर्धारण भएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । यता, चाँदी भाउ भने स्थिर ९प्रतितोला १२ सय २५ रुपैयाँ०मा छ । बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ६५ रुपैयाँ निर्धारण भएको थियो । चाँदी भाउ प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको थियो ।