५ खर्ब ८८ अर्ब बराबरकाे नाेट निष्काशन



काठमाडौं । केन्द्रीय बैंकद्धारा खर्ब ८८ अर्ब ६ करोड रुपैयाँ बराबरको नोट निष्कासन भएको छ ।

केन्द्रीय बैंकमा ८ अर्ब ३५ करोड १२ लाख २३ हजार रुपैयाँ नगद मौज्दात रहेको पाइएको छ भने अहिले ५ खर्ब ७९ अर्ब ७० करोड ८७ लाख रुपैयाँ चलन चल्तीमा रहेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

राष्ट्र बैंकले असार मसान्तसम्मको मासिक विवरण सार्वजनिक गर्दै यसअवधिमा ५ खर्ब ८८ अर्ब ६ करोड रुपैयाँ बराबरको नोट निष्कासन गरिएको जनाएको हो ।

केन्द्रीय बैंकसँग २० अर्ब ३२ करोड ९९ लाख १ हजार रुपैयाँ बराबरको सुन मौज्दात रहेको छ । असार मसान्तसम्ममा केन्द्रीय बैंकसँग ८ खर्ब ३१ अर्ब ३१ करोड ५९ लाख ९० हजार रुपैयाँ खुद इक्विटी तथा दायित्व रहेको छ । उक्त रकम बराबरकै सम्पति पनि रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।