काठमाडौं । सभामुख अग्नि सापकोटाको सुरक्षामा खटिने गाडी चालक प्रहरीलाई कोरोना पुष्टि भएको छ । सभामुखको अगुवा गाडी चालक प्रहरीलाई कोरोना भाइरस पुष्टि भएको हो ।

प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । उनी ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।

शुक्रबार उनलाई संक्रमण पुष्टि भएपछि सभामुख निवासमा कार्यरत सुरक्षाकर्मी र अन्यको स्वाब संकलन गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।