यी हुन् साढे १४ लाखसहित अख्तियारको फन्दामा परेका सहसचिव (फोटोसहित)

काठमाडौं । अख्तियारले एक जना सहसचिव तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई घुससहित काठमाडौं आउँदै गरेको सुचनाका आधारले अखितयारले नागढुंगामै पक्राउ गरेको हो ।

उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार उक्त रकम स्रोत नखुलेको रकम हो । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सरकारले २०७६ फागुन २ गते १६ सहसचिवको सरुवा र हेरफेर गरेको थियो । त्यस समयमा उपाध्यय प्रदेश नम्बर पाँच बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयबाट तुलसीपुर उपमहानगरपालिकाका सरुवा भएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।