काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ । पछिल्लो समय पर्साका दुई र धनुषाका एक गरी थप तीन जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगन्जस्थित नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्जका ५७ वर्षीय व्यवसायीमा साँझ कोरोना पुष्टि भएको हो ।
यस्तै, गत साउन २० मा घरमै मृत्यु भएका वीरगन्ज महानगरपालिका–११ मुर्लीका ८० वर्षीय वृद्धमा पनि बिहीबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।
साउन १७ गते काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा पनि बिहीबार कोरोना पुष्टि भएको हो । उनी दम र मधुमेहकी बिरामी थिइन् ।
Comments







