जहाँ प्रधानमन्त्री र मन्त्रीहरुले नै मास्क लगाएनन्, त्यहीँ देखियो मन्त्रीलाई कोरोना

काठमाडौं । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रहरी समायोजन सम्बन्धी विषयमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, संघका गृहमन्त्री, नेपाल प्रहरीका प्रमुख, गृहसचिवसहितको छलफल बालुवाटारमा बस्यो ।

उक्त बैठकमा कसैले पनि मास्क लगाएको पाइएको छैन । अझ बैठकपछि सामुहिक फोटो सेसन गरिएको थियो ।

त्यहाँ सहभागी एक जना मन्त्रीलाई कोरोना पुष्टि भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको छ ।

उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।